कर नतिर्ने एनसेल विरुद्ध अनेरास्ववियु भक्तपुको विरोध कार्यक्रम

790

चैत १७,
भक्तपुर । बहुराष्ट्रिय कम्पनी मार्फत दुर संचार सेवा प्रदान गर्दै आएको एनसेलको स्वामित्व सम्बन्धी कर विरोधले नेपालको सडकदेखि सदनसम्म तातएको छ ।
एउटा कम्पनीको सेयर खरिद बिक्रि गर्दा राज्यलाई तिर्ने कर नतिर्दा एनसेल विवादमा आएको छ ।
कर नतिरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले केहीदिन यता विरोध कार्यक्रम गर्दै आइरहेको छ ।
विभिन्न जिल्लामा विरोध कार्यक्रम गरीरहेको उक्त संगठनले आज भक्तपुरको दुधपाटीमा केही समय विरोध कार्यक्रम गरेको अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिका संयोजक जयराम बास्तोलाले नयाँ नेपाल न्युजलाई जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा अनेरास्ववियु सम्वद्ध विद्यार्थीले प्ले कार्ड सहित नो ट्याक्स नो एनसेल भन्दै नारा लगाएका थिए ।