नयाँ शक्तिले आँखा चिन्ह नपाए चुनाव बहिष्कार गर्ने

742

चैत १७,
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले कुनै पनि हालतमा चुनाव चिन्ह आँखा पाउनुपर्ने माग गरेको छ । सो पार्टीले चुनाव चिन्ह आँखा नपाए निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ ।
नयाँ शक्तिको संघीय परिषदको पूर्ण दोस्रो बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले संविधान संशोधन नगरी चुनावबाट समस्याको समाधान हुन्छ भन्ने सरकारले ठानेको छ भने त्यसले देशमा ठूलो दुर्घटना निम्त्याउने बताए ।
उनले देशमा निर्वाचन गर्ने नै हो भने पहिले संघीय र त्यसपछि प्रदशेको गरी अन्तिममा स्थानीय तहको चुनाव गर्नुपर्ने माग गरे ।
नयाँ शक्तिले चुनाव चिन्ह बारेको आफ्नो माग पूरा नभए यही चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिने समेत चेतावनी दिएको छ ।