हवल्दारकी छोरीसंग प्रेम गर्ने विद्यार्थीको प्रहरी स्कुलमा रहस्यमय मृत्यु

478

चैत १७,
काठमाडौं । नेपाल प्रहरीको सामाखुसी रानीबारीस्थित स्कुलमा एक छात्रको रहस्यमय मृत्यु भएको छ । सोहि स्कुलमा कक्षा ८ मा अध्ययनरत गोंगबूका कुन्दन मगरको बुधबार सहस्यमय ढंगले मृत्यु भएको हो ।
घटना रहस्यमय भएको भन्दै मृतकका आफन्त आज स्कुल घेराउ गर्न पुगेसँगै घटना सार्वजनिक भएको हो ।
मृतकका आफन्त आशिष मगरका अनुसार विद्यालयले बुधबार बिहान छलफलको लागि भन्दै कुन्दन मगरलाई बोलाएको थियो ।
मृतकको एक प्रहरी हल्वदारकी छोरीसँग प्रेम सम्बन्ध रहेको र सो विषयमा विवाद बढ्दै जाँदा उनलाई विद्यालयले छलफलका लागि बोलाएको बताइएको छ । पछिल्लो समय ती हवल्दारकी छोरी र मृतक कुन्दनबीच फेसबुकमा पठाइएको म्यासेज विषयमा विवाद भएको र सो विवाद विद्यालयसम्म पुगेपछि विद्यालय प्रशासनले आषिशलाई छलफलको लागि भन्दै बोलाएको बताइएको छ ।
स्कुलले त्यस्तो प्रकरणमा विद्यार्थीको अभिभावकलाई बोलाउनु पर्नेमा कुन्दनलाई बोलाएर मृत्यु सम्मको घटना भएकाले त्यसमा आफूहरुलाई गम्भीर शंका रहेको आफन्तको भनाई छ ।
स्कुल प्रशासनले छलफलका क्रममा कुन्दन एकाएक तीन तल्लामाथिबाट हाम्फाल्न पुगेको र उपचारको क्रममा प्रहरी अस्पतालमा बुधबार साँझ नै मृत्यु भएको दाबी गरेको छ । तर आफन्तहरुले भने घटनाको प्रकृति र स्कुल प्रशासनको गतिविधिलाई हेर्दा स्कुलको तीन तल्लामाथिबाट हाम्फालेर आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन् ।
घटनापछि स्कुल प्रशासनले आफन्तलाई तत्काल खबर नगरी बेलुका छोरो घर नफर्किएपछि स्कुलमा खोधीखोजी गर्दा मात्रै घटनाबारे जानकारी गराइएको आशिषले बताए ।
स्कुलमा भएको विवादमा छोरालाई नभई आफूलाई बोलाउनु पर्नेमा त्यसो नगरी हत्या गर्ने अभिप्रायले छोरालाई बोलाइएको आमा गौमतीले आक्रोश पोखिन् । रातोापटीबाट