करोडौं मुल्यको अलैंँची बिक्री भएन

288

चैत १७,
गोरखा । यस वर्ष उचित मूल्य नपाएपछि गोरखाका किसानले अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो रु दुई हजार ३ सयमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन सकेको छैन । व्यापारीले यस वर्ष प्रतिकिलो रु एक हजार मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् । गत कात्तिक, मङ्सिरमा नै अलैंँची बिक्री भइसक्नुपर्ने भए पनि अहिलेसम्म उचित मूल्य नपाउँदा बिक्री भएको छैन । अलैंँची बिक्री नभएपछि किसान निराश भएका छन् । प्रायः झापाका व्यापारीले हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोकलगायत गाउँमा उत्पादन भएको अलैंँची खरिद गरी बिक्री गर्न भारत लैजाने गरेका थिए । धानखेती मासेर अलैँंचीखेती गर्दै आएका किसान अलैँंचीको मूल्यमा गिरावट आएपछि मारमा परेका छन् । किसानले व्यक्तिगत, समूह र सहकारीमार्फत अलैँंची खेती गर्दैआएका छन् । जिल्लामा करिब पाँच सय किसान व्यावसायिक रुपमा अलैँंची खेतीमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठ अलैंँचीखेतीका लागि किसानलाई बिरुवा खरिदमा अनुदान दिएको बताउनुहुन्छ । गत वर्ष गोरखाका किसानले अलैँची बिक्री गरी करिब रु सात करोड आम्दानी गरेका थिए ।