खुल्ला ठाउँमा दिसा गर्ने सत्रजना पक्राउ

427

चैत १७,
महेन्द्रनगर । खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए । वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।