Sunday, September 27, 2026
Home पर्यटन दोलखामा बृहत् साङ्गीतिक महोत्सव हुने

दोलखामा बृहत् साङ्गीतिक महोत्सव हुने

265

चैत १७,
काठमाडौं। यही चैत २३ गतेदेखि २७ गतेसम्म बृहत् दोलखा साङ्गीतिक महोत्सव दोलखा जिल्लामा हुने भएको छ ।
उक्त महोत्सवमा मध्यमाञ्चल विकास क्षेत्रस्तरीय खुल्ला लोक दोहोरी प्रतियोगिता–२०७३ हुने भएको छ । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु मदनदास श्रेष्ठ, राजनराज शिवाकोटी, हरिबहादुर राउत, प्रमोद खरेल, दीपकराज गिरी, अञ्जु पन्त, जितु नेपाल, राजेशपायल राई, शिव परियार, ज्योति मगर, अमृत खाती, मनु थामीलगायत चारदर्जनभन्दा बढी कलाकारले सहभागिता जनाउने भएका छन् ।
भूकम्पबाट अपाङ्ग भएका व्यक्तिको सहयोगार्थ राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजना र दोलखाली कलाकार समाज, अपाङ्गमैत्री नेपाल, हिमशिखर समाज नेपालको सहआयोजनामा हुन लागेको महोत्सकोे साहित्यकार झमक घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दोलखाली कलाकार समाजका अध्यक्ष लोकप्रसाद दाहालले महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने र १९ जिल्लाका कलाकारलाई समेटेर खुल्ला लोक दोहोरी प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
लोकदोहोरी प्रतियोगिताको प्रथम हुनेलाई रु ५१ हजार, द्वितीय हुनेलाई रु ३१ हजार तृतीय हुनेलाई रु १५ हजारलगायत सान्त्वना पुरस्कारका साथै उत्कृष्ट एक÷एक गायक÷गायिकालाई रु पाँच हजार र प्रमाणपत्र दिने कार्यक्रम रहेको छ ।