श्रीमान पैसा खोज्न गएपछि छोरी जन्माएर किन गाडिन् साइलीले ?

316

चैत १७,
भक्तपुर । हिजो बुधबार श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि श्रीमतीलाई अस्पताल लानको लागि मेघ बहादुर तामाङ पैसा भएन् । उनी पैसाको खोजी गर्न गाउँ तिर लागे ।
रामेछाप जिल्ला गौसरा घर भई हाल भक्तपुर चागुँनारायाण नगरपालीका –३ बस्ने मेघकी श्रीमती हुन् २१ वर्षकी साईली तामाङ ।
साइली लाई बिहानै देखी बच्चा पाउने बेथा लागेकोले श्रीमान मेघ गाउँबाट पैसा खोजी उपचारको गर्ने सोच बनाए ।
आफ्नो परिवारमा नयाँ सदस्य थपिने भएपछि खुसी भएका मेघ यति बेला दुःखी भएका छन् । श्रीमतीलाई थप उपचार गर्न भक्तपुर अस्पताल ल्याएपछि मेघ डाक्टरको कुरा सुनेर छक्क परे ।
डाक्टरले उनकी श्रीमती बच्चा पाइसकेको जानकारी दिए तव उनलाई निकै अच्चम लाग्यो । त्यसपछि उनले श्रीमती साइलीलाई सोधे बच्चा खै ? श्रीमतीको जवाफले मेघको सन्तानलाई जमिन भासिए जस्तो लाग्यो ।
त्यति बेला उनकी श्रीमतीले आफुले बच्चा जन्माएर गाडेको बताइन् । श्रीमतीले यस्तो कार्य गरेको थाहा पाएपछि उनले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका छन् ।
प्रहरीले सोधपुछ गर्ने क्रममा श्रीमान पैसा खोज्न गएको बेला शिशु (बालिका) जन्माई नजिकै बाँस घारीमा गाडेको कुरा साइलीले बताएकी छिन् । छोरी जन्माएर किन गाड्नि भन्ने विषय रहस्यपूर्ण भएकाले प्रहरीले अनुन्धान गरिरहेको छ ।
प्रहरी परिसर भक्तपुरबाट घटना स्थलमा तत्काल खटी गएको अनुसन्धान टोलीले खाल्टोबाट मृत शिशुको लाश झिकि आवश्यक प्रकिया पश्चारत लाश पोष्ट्मार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाईएको छ ।
साईलीलाई प्रहरीको नियन्त्रणमा भक्तपुर अस्पतालमा उपचार भइरहेको र उक्त घटनाबारे थप अनुसन्धान कार्य जारी परिसरका भक्तपुरका प्रवक्ता प्रहरी नायव निरिक्षक कृष्ण प्रसाइले जानकारी दिएका छन् ।