चैत १८, चितवन ।
भूकम्पपीडितको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै एक हजार ५०० भन्दा बढीले जिल्ला विकास समिति, चितवनमा निवेदन दर्ता गराएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, चितवनका सदस्य एवम् जिविस चितवनका सूचना अधिकारी बलराम लुइँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताए । “अहिलेसम्म एक हजार पाँच सयको गुनासो दर्ता भइसकेको छ, अझै आउने क्रम जारी छ”,...
चैत १८,काठमाडौँ ।
निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा आयोगका तर्फबाट सो आग्रह गरिएको हो ।
शान्ति सुरक्षाको पाटोबाट असहज र नियन्त्रणभन्दा बाहिरको परिस्थिति...
चैत १८,काठमाडौं ।
पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो ।
गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग...
चैत १८,
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् । क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् । क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलबबापत करिब रु १३ लाख दिन बाँकि रहेको हुँदा तत्काल सो...
चैत १८,
खोटाङ । मिलको फित्तामा बेरिएर खोटाङमा महिलाको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न गएकी जालपाकै बिनाकुमारी श्रेष्ठको ज्यान गएको हो । बिनाकुमारीले ओढेको सल मिलको फित्तामा बेरिएर लतारिएकी श्रेष्ठको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । मृतकको शव पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल...
चैत १८,
सल्यान । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् ।
जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै...
चैत १७,
जाजरकोट । नेविसंघ महामन्त्री कुन्दन काफ्लेले गृहमन्त्री निधिको राजीनामा माग गरेका हुन् । कांग्रेसभित्रैबाट उपप्रधानमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका हुन् । मंगलबार साँझ अज्ञात समूहद्वारा हत्या गरिएका नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहका हत्यारालाई तीन दिन वितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै काफ्ले गृहमन्त्रीलाई नालायको संज्ञा दिएका छन् । विद्यार्थी नेता शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघले...
चैत १७ ,
रोल्पा । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि अस्पताल लगेकी एक महिलाको मृत्यु भएको छ ।
समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।
बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान...
जानू काम्बाङ्ग लिङ्गदेन
बेलायत ।
बेलायत र बेलायतको अक्सफोर्ड फेसन अफ द विक २०१६ को रनवे मोडल अनिता लिम्बु हाल नेपालमै व्यस्त छिन ।
उनि भर्खरै मन त नेपाली बोलको एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । म्युजिक भिडियो संग संगै, उनि राजधानीमा आयोजित बिभिन्न फेसन सोहरुमा पनि व्यस्त रहेकी छिन् । ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स र करेन काउन्टरका...
एजेन्सी । अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः
कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।
स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले...










