कार्तिक २९, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले जुम्लामा जुलुस तथा सभा गरेको छ । सदरमुकाम खलंगामा पार्टीका सचिब प्रेम सुवाल, नेताहरू अनुराधा थापा मगर, डिल्ली काफ्लेलगायतको उपस्थित कार्यक्रम गरेको नेमकिपाले जानकारी दिएको हो । एमसिसिको बिरोध र समाजबादी गणतन्त्रको प्रचार अभियान अन्तर्गत सो कार्यक्रम भएको पार्टीले बतायो ।
केके मानन्धर, २९ कात्तिक
काठमाडौ । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे ।
अायाेजक टिमका अनिल तुलाधरले साेही दाबीलाई गिनिज बुक अफ...
कात्तिक २८,
रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले बताए । शनिबार बिहान...
कार्तिक २८,
भक्तपुर । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा बिकास मन्त्री रेणु कुमारी यादवको गाडीलाई स्थानीयले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कर्दै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए । नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा...
कात्तिक २८,
काठमाडौं । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो । समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । २३ गते उम्मेदवारी...
कार्तिक २८,
कास्की । पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला...
कार्तिक २४,
चितवन । संकटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो ।वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ९साइटिस० को नेपाल पक्ष राष्ट्र हो । महासन्धिको पक्षराष्ट्र भएका कारण नेपालले विसं २०७३ मा...
कार्तिक २४,
काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।
दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले...
-रशिला हुमागाइ
कार्तिक २४, भक्तपुर । नेकपा एमालेको भक्तपुरमा जिल्लामा भएका पार्टी संगठित सदस्यहरुको संख्या सार्वजनिक भएको छ । एमालेका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार भक्तपुरमा एमालेको पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ जना रहेको छ । जसमा निर्वाचन क्षेत्र नं.१ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र न. २ मा ६ हजार ९३ जना...
कार्तिक २४, काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू...









