जुम्लामा नेमकिपाको जुलुस

162

कार्तिक २९, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले जुम्लामा जुलुस तथा सभा गरेको छ । सदरमुकाम खलंगामा पार्टीका सचिब प्रेम सुवाल, नेताहरू अनुराधा थापा मगर, डिल्ली काफ्लेलगायतको उपस्थित कार्यक्रम गरेको नेमकिपाले जानकारी दिएको हो । एमसिसिको बिरोध र समाजबादी गणतन्त्रको प्रचार अभियान अन्तर्गत सो कार्यक्रम भएको पार्टीले बतायो ।