काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका सार्वजनिक

86

कात्तिक २८,
काठमाडौं । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो । समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । २३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै २५ गते मतदान हुनेछ भने २६ गते मतगणना गरिनेछ ।