आज नगरकोटमा भयो हंगामा, मन्त्रीको गाडी स्थानीयले रोके, भिडियो सहित

कार्तिक २८,
भक्तपुर । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा बिकास मन्त्री रेणु कुमारी यादवको गाडीलाई स्थानीयले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कर्दै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए । नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा भेला भएर बसे ।
http://https://www.facebook.com/100001563889086/videos/pcb.4638413489554068/2808801896000875

स्थानीय युवाहरुले रोक्ने खोजेपछि केही बेर स्लो भएको मन्त्री सवार बा. २ झ ४८६२ न.को गाडीले गति बढाउन खोजेको देखिपछि म आफैं कुद्दै गएर अगाडी बसेको हु, लामिछानेले भने ।
८ वर्ष पहिले ठेक्का लागेको सडक निर्माण हुन नसकेको दैनिक कष्ट भोग्नु परेको भन्दै स्थानीय केही बेर आक्रोश समेत भएका थिए । सो क्रममा मन्त्री यादवले दुई महिना भित्र काम सक्न ठेकेदार कम्पनि शैलुङ्ग कन्ट्रसनलाई निर्देशन दिएको जानकारी दिइन् ।