कात्तिक २३,
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ...
कार्तिक २३,
काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । यस्तो संयन्त्र असंवैधानिक हुने एमालेको आरोप छ । सोमबार सत्तारुढ गठबन्धनको बैठकले ५ दल सम्मिलत ११ सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । जसमा सत्ता गठबन्धनका प्रत्येक दलबाट २ जना र एक जना मन्त्री रहने...
कार्तिक २१,
जनकपुर । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने...
कार्तिक २१,
दाङ । श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी...
कार्तिक २१,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्य केही नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता रहेको स्थानीय बासिन्दाले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् । गएराती भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ८ सुडाल पुरीगाँउ बस्ने मणिराम पुरीघर बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण न.पा. वडा...
कार्तिक २०, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा चागुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नेपाली काङ्ग्रेसका नेतालाई चुनौती दिएका छन् । काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य तथा हालै मात्रै बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेललाई बास्तोलाले सामाजिक संजाल मार्फत चुनौती दिएका हुन् । भडेलले एक कार्यक्रम दिएको अभिव्यक्त विरुद्ध चुनौती दिदै बास्तोलाले लेखेका छन् : हेक्का हाेस्...
कार्तिक २०, भक्तपुर । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् । शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले भने "मलाई शारदा प्रसाद अधिकारीले भनेका छन् नगरकोट बाटो बनाउन एमालेका साथीहरूले अवरोध गर्नु भयो" । तर, एमालेको कसले नगरकोटको बाटो बनाउन अवरोध गर्यो त्यो...
कार्तिक २०, काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक...
कार्तिक १९,
कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती जाने बाटोमा रहेको कुरीका पर्यटन व्यवसायीहरुले पाहुनालाई राम्रो सेवा दिदै आएका छन् । कुरी बजारमा रहेको होटल फायर साइडका संचालक सुदिन केसीले खाना, बासलगायतका कुरामा सक्दो सहुलियत दिने योजना रहेको समेत उनले बताए । हाल कुरी बजारमा ५० भन्दा धेरै...
कार्तिक १९, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ...










