Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

4

एजेन्सी । अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो आक्रमण गरिएको हो। इरानी सञ्चारमाध्यमका अनुसार किश, जाम, कस्म जस्ता टापुका साथै बुसेहर र बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। यता, इरानले पनि प्रतिकार गर्दै कुवेतमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकी सेनाको ‘जहाज’ माथि आक्रमण गरेको दाबी गरेको छ। संयुक्त अरब इमिरेट्सले जलसन्धिमा इरानी मिसाइल प्रहारबाट आफ्नो एउटा तेल ट्याङ्करमा क्षति पुगेको र एक जनाको मृत्यु भएको जनाएको छ।