एकै घरका दुई बालकको रहस्मय मृत्यु

87

कात्तिक २८,
रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले बताए । शनिबार बिहान ८ बजे दुवै बालकले बान्ता गर्न थालेपछि उपचारका लागि गरुडास्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था सिकिस्त भएपछि शनिबार राति उनीहरुलाई वीरगंजस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा विकासको शनिबार राति र आकाशको आइतबार मृत्यु भएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे बताउन नसकिने उनको भनाइ छ ।