काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख प्रणालीअनुसार करिब २ हजार कर्मचारी अनिवार्य अवकाशमा जादैं छन् । हाल तीनै तहमा कार्यरत कुल ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षको उमेर हद वा पदावधि पूरा गर्ने १ हजार ९८५ कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन्। संघ, प्रदेश र स्थानीय तहमा कार्यरत १ हजार ९८५ कर्मचारी आगामी आर्थिक वर्ष २०८३/८४ मा अनिवार्य अवकाशमा जाने भएका छन्। तहगत विवरणअनुसार विशिष्ट श्रेणी वा सो सरहका २० जना अवकाशमा जानेछन्। सहसचिव वा सो सरहका ८७ जना र उपसचिव वा सो सरहका २०६ जना पनि सेवा निवृत्त हुनेछन्। शाखा अधिकृत वा सो सरहका ३२० जना अवकाशमा जानेछन्।
सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि आगामी वर्ष अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताबखानाको अध्ययनले देखाएको छ।














