भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पूरा भएको छ । सूर्यबिनायक नगरपालिका वडा न. ८ सिपाडोलमा रहेको यो मन्दिरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मेला लाग्ने समितिले जानकारी दिएको छ ।
समितिद्दारा जारी प्रेस बिज्ञप्ती हेर्नुस्
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समिति
श्रावणी मेला २०८३ पत्रकार सम्मेलन
आज मिति २०८३ साल असार ३१ गते बुधबारका दिन यस केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला कार्यक्रमको पत्रकार सम्मेलनमा उपस्थित आदरणीय पत्रकार मित्रहरु, हिन्दुहरुको पवित्र तिर्थ स्थल डोलेश्वर महादेव २०६६ साल भाद्र ६ गते केदारनाथको शिरो भागका रुपमा घोषणा भए पश्चात यसको गरिमा दिन प्रतिदिन बढ्दै गईरहेको छ । २०८३ साल श्रावण १ गते देखी शुरु भई भाद्र ६ गते समापन हुने श्रावणी मेलामा बिगत वर्ष झै यस वर्ष पनि उल्लेख्य मात्रा दर्शानार्थिहरुको भिड हुने हुनाले समितिले १४ वटा उप-समितीहरु गठन गरि कार्य बाँडफाड गरि काम अगाडी बढाउने व्यवस्था गरिएको छ । साथै भक्तजनहरुलाई सहज रुपमा दर्शन गराउनको लागि विभिन्न संघ सस्था, टोल सुधार समिति, महिला समुहहरु संग समन्वय गरि श्रावण १ गते देखि मेला अवधि भर सव्य र भव्य रुपमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ । सुरक्षा व्यवस्थाको लागि सिसि टिभी जडान गरिएको छ । कार्यक्रम अवधिभर भक्तजनहरुलाइ सहज रुपमा दर्शन गराउन यथेष्ठ स्वयंमसेवकहरुको परिचालन गरिने छः भक्तजनहरुको आकस्मिक स्वास्थ्य परिक्षणको लागि रणशेर गण सुर्यविनायक भक्तपुर सूर्यविनायक नगर अस्पताल र अन्य अस्पतालहरुबाट स्वास्थ्य शिविर सञ्चालन गरिने छ, शान्ती सुरक्षाको लागि जिल्ला प्रहरी परिसर जगाती प्रहरी वृत तथा डोलेश्वर प्रहरी चौकीबाट प्रहरीहरु परिचालन गरिने छ र यातायातलाई व्यवस्थित गर्नको लागि महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीबाट सहयोग लिइनेछ । साथै यस कार्यक्रमलाई सव्य र भव्य रुपमा सञ्चालन गर्नको लागि सम्पुर्ण आम समुदायहरुबाट सहयोगको अपेक्षा राखेका छौं । कार्यक्रम :-
१. श्रावण १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिर सम्म कलश यात्रा सुरुहुने र बागमती प्रदेश स्वास्थ्य मन्त्री माननिय श्री किरण थापाज्यूबाट श्रावणी मेला कार्यक्रमको समुद्घाटन हुनेछ ।
२. श्रावण २ गते देखि भाद्र ५ गते सम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजनकिर्तन हुने ।
३. २०८३ साल भाद्र ६ गते वार्षिक उत्सव तथा सुर्यविनायक नगरपालिकाका नगर प्रमुख श्री बासुदेव थापाज्यूबाट श्रावणी मेलाको समापन हुनेछ ।
धर्मराज बस्नेत
अध्यक्ष,केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति














