एमबिबिएस अध्ययनरत विद्यार्थीको मृत्यु

45

कार्तिक २८,
कास्की । पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारेको थियो । तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।