Saturday, May 16, 2026
Home Blog Page 474
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए ।पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएपछि राप्रपाले बैठक बोलाएको हो । गृह मन्त्रालयबाट...
काठमाडौं । पछिल्ला २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८ जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्।...
काठमाडौँ । भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ ।जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनाबादमा भएको सो आगलागीमा परेर...
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको एक हप्ता पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधान तथा गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् ।सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्दै नागरिकता लिने प्रक्रिया थाल्ने फैसला गरेपछि उनले मन्त्रीसहित सांसदको पद गुमाएका थिए । मन्त्री पद गुमाए पनि उनी अझैसम्म क्वार्टरमै बसेका छन्...
काठमाडौँ । कृषि तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्।  बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्। उनले कर्मचारीसँग छलफल गर्दै मल अभावको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्था गर्न सरकार तत्पर रहेको बताइन्। उनले किसानलाई मल अभाव हुन नदिन कम्तीमा ६ महिनाका लागि माग धान्ने गरी...
बागलुङ । जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए। जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको थापाले बताए।...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाटै देशमा गणतन्त्रबारे निर्णय लिन सकिने बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन्।नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकूल हुने गरी संशोधन...
काठमाडौँ । नागरिकता प्रकरणले गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ताबाट बाहिरिने चेतावनी दिएको छ । यसलाई कतिपयले रवि लामिछानेलाई सरकारबाट बाहिरिने डर बढेको टिप्पणी भइरहेको छ ।पार्टी खोलेको ६ महिनामै २० सिट ल्याएर सत्तामा गएर गृहमन्त्री बन्न सफल भएका रवि लामिछाने नागरिकता प्रकरणका कारण अहिले सडकमा छन् । नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि रवि सत्ताबाट ओर्लेर सांसद तथा मन्त्री पद गुमाइसकेका...
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका केही नेता–कार्यकर्ताले काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन्।नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका छन्। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको विरोधमा साङ्केतिक रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए।उनीहरूले...
काठमाडौँ । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अङ्कले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार...