Saturday, May 16, 2026
Home Blog Page 475
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।  पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए ।...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरूले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् ।  मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले निर्वाचन सम्बन्धी नयाँ विधेयक तयार बनाइरहेको जानकारी दिँदै यस्तो व्यवस्था गर्न लागिएको...
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको छ।यसअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ। पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले महँगिएर आएको निगमले जनाएको छ। मटीतेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले...
काठमाडौँ । कामना सेवा विकास बैङ्कको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दिलीप गिरीले जानकारी दिए।  उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरिएको छ ।एक जना...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद राज किशोर यादवले संविधान नमान्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने राष्ट्रियसभामा बताएको स्मरण गर्दै त्यसको जवाफ के आयो भनी प्रश्न गरे ।उनले संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी दिए । ‘संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ...
काठमाडौँ । पूर्व-कानुनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन्। बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन्।उनले प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए। उनले नेपालमा पुरातनवादी परम्परालाई...
काठमाडौं । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।बीपी...
धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का  २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशनकुमार महतो रहेका छन् ।अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको...
काठमाडौँ । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो ।...