Sunday, September 27, 2026
Home राजनीति नेविसंघले पार्टी कार्यालयमा लगायो ताला

नेविसंघले पार्टी कार्यालयमा लगायो ताला

30

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका केही नेता–कार्यकर्ताले काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन्।

नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका छन्। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको विरोधमा साङ्केतिक रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए।

उनीहरूले पार्टी कार्यालयमा तालाबन्दी गर्दै टायर जलाएर विरोध प्रदर्शनसमेत गरेका थिए।