अझै छाडेनन् रविले मन्त्री क्वार्टर

62

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको एक हप्ता पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधान तथा गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् ।

सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्दै नागरिकता लिने प्रक्रिया थाल्ने फैसला गरेपछि उनले मन्त्रीसहित सांसदको पद गुमाएका थिए । मन्त्री पद गुमाए पनि उनी अझैसम्म क्वार्टरमै बसेका छन् ।