Monday, September 28, 2026
Home कृषि कृषि सामग्री लिमिटेडमा कृषिमन्त्रीको छड्के अनुगमन

कृषि सामग्री लिमिटेडमा कृषिमन्त्रीको छड्के अनुगमन

54

काठमाडौँ । कृषि तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्।  बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्।

उनले कर्मचारीसँग छलफल गर्दै मल अभावको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्था गर्न सरकार तत्पर रहेको बताइन्। उनले किसानलाई मल अभाव हुन नदिन कम्तीमा ६ महिनाका लागि माग धान्ने गरी व्यवस्थापन गर्न निर्देशन दिइन्।