विवाह समारोहमा आगलागी, १४ जनाको मृत्यु

42

काठमाडौँ । भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ ।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनाबादमा भएको सो आगलागीमा परेर अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।