कोरोना संक्रमण बढ्दै

61

काठमाडौं । पछिल्ला २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८ जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना सङ्क्रमितको संख्या १८ पुगेको छ।