कांग्रेसलाई सत्तामा जाने अवसर

37

काठमाडौँ । नागरिकता प्रकरणले गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ताबाट बाहिरिने चेतावनी दिएको छ । यसलाई कतिपयले रवि लामिछानेलाई सरकारबाट बाहिरिने डर बढेको टिप्पणी भइरहेको छ ।

पार्टी खोलेको ६ महिनामै २० सिट ल्याएर सत्तामा गएर गृहमन्त्री बन्न सफल भएका रवि लामिछाने नागरिकता प्रकरणका कारण अहिले सडकमा छन् । नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि रवि सत्ताबाट ओर्लेर सांसद तथा मन्त्री पद गुमाइसकेका छन् ।

पार्टीलाई गृहमन्त्रालय दिनुपर्ने र सकेसम्म आफैँ गृहमन्त्री बन्नुपर्ने लोभ रविलाई छ । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई बारम्बार भनिरहेका छन् । तर बालकोट र बालुवाटार रविलाई फेरि गृहमन्त्री बनाउन तयार छैनन् ।

किनकी उनी अहिले गैरसांसद छन् । सांसद नहुँदा उनी आफैले यसरी मन्त्री बन्न दौडधुप गर्नुपर्ने कारण देखिदैन । तर उनी आफ्नै नैतिकताविपरित गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् । यसले भोलिका दिनमा कुनै न कुनै क्षति उनी र उनको पार्टीलाई गर्ने निश्चित छ ।

गृहमन्त्री नपाए उनले सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन् । यदि मन्त्री नपाएर उनको पार्टी बाहिरिएको खण्डमा नेपाली कांग्रेसलाई सत्तामा जाने अवसर हुनेछ । रवि अहिले रहेको सत्ता गठबन्धनबाट बाहिरिएमा कांग्रेसले उनलाई अवसर दिन सक्छ । यसका लागि उपचुनावसम्म कुरेर कांग्रेसले उनलाई प्रधानमन्त्रीकै उम्मेद्वार बनाउन सक्छ ।