५ मंसिर, काटमाडौं । बिवाहको मुख्य समय मानिने मंसिर लागेको साता नै सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले ओरालो लागेको छ । यसले उपभोक्ताहरुलाई केही राहत दिने देखिएको छ ।
साताको सुरुवातमा ५६ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ५५ हजार रुपैयाँमा आइपुगेको छ । यो सातामा सुनको लगातार ओरालो लाग्यो । कात्तिक २६ गते ५६ हजार ४...
काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच सोमबार पार्टी एकता घोषणा कार्यक्रम हुँदैछ । सोमबार दिउँसो एक बजे प्रज्ञाभवन कमलादीमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकतापछि पार्टीको नाम राप्रपा रहने छ भने पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा नै रहेछन् । पशुपति शमसेर जबरा भने राष्ट्रिय अध्यक्ष रहनेछन् । एकतापछि संसदमा दुई राप्रपाको शक्ति...
५ मंसिर, कञ्चनपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए । ‘चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ,’ सभापति देउवाले भने । सङ्घीय संरचनामा १०...
काठमाडौं । म्यन्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना लागि ट्रफी जित्नुभन्दा समर्थकलाई खुसी पार्नु महत्वपूर्ण हुने बताएका छन् । गत शनिबार बर्नमाउथबिरुद्ध ४-० को जितसँगै सिटीले प्रिमियर लिगको सुरुवाती ५ शतप्रतिशत सफलता हासिल गरेर उत्कृष्ट सुरुवात गरेको छ ।
आर्थिक वृद्विदर खुम्चिरहेका बेला नेप्से यसरी बढ्नु चिन्ताजनक भएको भन्दै नियामक धिताेपत्र बोर्डले पटकपटक सार्वजानिक सूचना जारी गरेर विवेक पुर्याएर मात्रै लगानी गर्न लगानीकर्तालार्इ सचेत गराउँदै अाएकाे छ । धितोपत्र बोर्डले यस्तो सूचना जारी गर्दा पनि लगानीकर्ताहरू डगमगाएका छैनन् ।
नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनले भदौ १४ देखि १९ गतेसम्म काठमाडौंमा ‘नाडा अटो शो-२०१६’ आयोजना गर्दैछ । नेपालीहरुको पर्वको मौसम सुरु हुनु अघि एशोसियशनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ ।
तपाइलाई थाहै होला, नेपाल टेलिकमजस्तो दूरसञ्चार सेवा प्रदायक कम्पनीका लागि दुर्इ वर्षे अवधि प्रयाप्त होइन । नेपाल टेलिकमले सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिनुपर्छ । यो काम पक्कै पनि त्यति सजिलो छैन् । यसका लागि अलि समय चाहिन्छ ।
३ असोज, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गर्दै अन्तरिम आदेको मागसहित परेको रिटमा सर्वोच्चले अदालतले अन्तरिम आदेश दिएन । सर्वोच्च अदालतका न्यायधिसद्धय हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजालसले आइतबार सरकारलाई अन्तरिम आदेश नदिएको हो ।
४ असोज, काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष बोनस सेयरमात्रै दिने घोषणा गरेको हो । गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
४ असोज, काठमाडौं । नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयर खाने हो ? त्यसो भए आजै यी बैंकको सेयर किन्नुहोस् । दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन् । यसको अर्थ के हो भने तपाईले यी दुई बैंकले घोषणा गरेको सेयर आजै किन्नुभयो भने मात्रै पाउनुहुनेछ ।
