प्रज्ञाभवनमा राप्रपा र राप्रपा नेपालको एकता

260

काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच सोमबार पार्टी एकता घोषणा कार्यक्रम हुँदैछ । सोमबार दिउँसो एक बजे प्रज्ञाभवन कमलादीमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकतापछि पार्टीको नाम राप्रपा रहने छ भने पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा नै रहेछन् । पशुपति शमसेर जबरा भने राष्ट्रिय अध्यक्ष रहनेछन् । एकतापछि संसदमा दुई राप्रपाको शक्ति ३७ सिटको हुनेछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीटरमार्फत् पार्टी एकताको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् ।
मंसिर ६गते प्रज्ञाभवन,काठमाडौंमा दिनको १बजे हुने राप्रपा नेपाल र राप्रपा बिचको ऐतिहासिक एकिकरण घोषणासभामा उपस्थितिकालागि सादर आमंत्रण गर्दछु । यसअघि राप्रपामै रहेका कमल थापाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाही शासनकालमा पार्टी बिभाजन गरी राप्रपा नेपाल गठन गरेका थिए र शाहीकालको गृहमन्त्री बनेका थिए ।
यसअघि गत साउन २५ गते नै राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा कार्यक्रम राखिएको थियो । तर, राप्रपा कांग्रेस(माओवादी गठबन्धनको सरकारमा सहभागी भएपछि एकता प्रक्रिया अन्तिम समयमा बिथोलिएको थियो ।