Monday, April 13, 2026
Home Blog Page 2247
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ ३१ तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारबारे छानबिन सुरु भएको जनाएसँगै देशका ३९ औं प्रधानमन्त्री प्रचण्ड अख्तियारका प्रतिवादी सावित भएका छन् । अब अख्तियार उसको दावी अनुसार सोह्रै आना सही हो भने, प्रधानमन्त्री प्रचण्ड पद तथा जिम्मेवारीबाट निलम्बित भएर अख्तियारको निगरानीमा रहनुपर्छ ।
नेपाली भाषा देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको भाषा हो । नेपालको संविधान ०७२ ले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनेको छ भने देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेको छ । त्यस्तै, इलेक्ट्रनिक लेनदेन ऐन २०६३ ले कम्प्युटरमा प्रविष्टि गरिएका शब्द, छवि, आवाज वा दृश्य अडियो लगायतलाई इलेक्ट्रनिक डेटाबेसको रुपमा लिएको छ ।
आफ्नो बैंकको चेकिङ खातामा रहेको पैसा कहिले माइनस त कहिले प्लसमा गएको थियो । बैंकको भाषामा भन्दा कसैले उनको एकाउन्टबाट पैसा झिक्ने करिब आधा दर्जन प्रयास गरेको थियो, जसलाई बैंकले अस्वाभाविक ठहर गरी सम्पूर्ण रकम फिर्ता गर्दै एकाउन्ट तत्काललाई चलाउन नमिल्ने गरी होल्डमा राखेको थियो ।
४ असोज, काठमाडौं । एकाविहानै राजधानीबासीको जनजीवन आतंकित हुने गरी मंगलबार काठमाडौंका सात निजी स्कुल अगाडि बम भेटियो । दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको छ भने अन्य स्थानको बमलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।
४ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो दुई महिना वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली विदेश गएका छन् । तर, यो संख्या अघिल्लो महिनाहरुभन्दा न्युन हो भने गतवर्षको तुलनामा पनि कम हो ।
३ असोज, काठमाडौं । रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ । कुल खसेको मतको ९० प्रतिशत गणना सकिँदा पुटिनको पक्षमा ५४.२१ प्रतिशत मत प्राप्त भएको छ ।
४ असोज, काठमाडौं । पछिल्लो समयमा भारत महाराष्ट्रका साना शहर-इलाका, जिल्ला र मुख्यालयहरुमा लाखौं प्रदर्शनकारी सडकमा निस्किएका छन् । तर, यसमा अरुको त छाडौं, मिडियाको पनि ध्यान पुगेको छैन । सोमबार लातुर, अकोला र अन्य थुप्रै जिल्लामा पनि सयौं मानिसले संयमित र अनुशाशित रुपमा प्रदर्शन गरेका छन् ।
४ असोज, काठमाडौं । विमान चालक (पाइलट)ले झुक्किएर कुनै गलत निर्णय लिँदा के होला ? सरल जवाफ आउँछ- ठूलो जोखिम वा आतंकको स्थिति सिर्जना हुनसक्छ । हो यस्तै भएको छ जेद्दाबाट मनिलाका लागि उडेको साउदी एयरलाइन्सको जेट विमानमा । सो विमान ‘अपहरण’मा परेको सूचना कन्ट्रोल रुममा आयो । बाेइङ ७७७ मा ३०० यात्रुहरू थिए ।
गायक खरेल गत अगस्ट महिनामा क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा ˆयानहरुसँग सानो साँगितिक जमघटको आयोजना गरेको थिएँ,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपील गरे । र, सहयोग संकलन भयो ।’
चैत्र १८ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘लालटिन’को फस्टलुक सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको टीजर, पोस्टर र गीत प्रस्तुत गरिएको थियो ।