मंसिरको सुरुवातमा सुन सस्तिँदै

311

gold-shop
५ मंसिर, काटमाडौं । बिवाहको मुख्य समय मानिने मंसिर लागेको साता नै सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले ओरालो लागेको छ । यसले उपभोक्ताहरुलाई केही राहत दिने देखिएको छ ।
साताको सुरुवातमा ५६ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ५५ हजार रुपैयाँमा आइपुगेको छ । यो सातामा सुनको लगातार ओरालो लाग्यो । कात्तिक २६ गते ५६ हजार ४ सय रुपैयाँ रहेको सुन २८ गते घटोर ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
फेरि बढेर ५६ हजार ५ सय सम्म पुगेको सुन सातको अन्तिम कारोबारको दिन शुक्रबार ५५ हजारमा नै झर्‍यो । हिजो सुन प्रतितोला ६ सय रुपैयाँले घटेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागिरँदा नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अनुसार डलरको मूल्यका कारण पनि सुन बजारमा असर देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढाबले नेपाली बजनार प्रभावित हुने भएकानले सुन लगातार सस्तो हुन्छ की हुँदैन भन्नेमा ब्यवसायी पनि अशंका जनाइरहेका छन् । केही दिनदेखि सुनको मूल्यको गिरावट एकैपटक ठूलो दरमा भइरहेको छ ।