एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर दिने

238

४ असोज, काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष बोनस सेयरमात्रै दिने घोषणा गरेको हो । गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।