सुदूरपश्चिम एक प्रदेश नै रहन्छस् देउवा

227

५ मंसिर, कञ्चनपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए । ‘चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ,’ सभापति देउवाले भने । sher-bahadur-dewaसङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने उनले स्पष्ट पारे । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १० प्रदेश हुनुपर्ने अभिव्यक्ति दिएको भोलिपल्टै सत्ता साझेदार कांग्रेसका सभापति देउवाले त्यसलाई अस्वीकार गरेका हुन् ।
उनले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताए । मिडियाले अङ्गीकृतलाई कार्यकारी पद दिने हल्ला चलाएको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारे