Tuesday, April 28, 2026
Home Blog Page 2225
पुस २१, झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५...
पुस २१ । काठमाडौं । शुक्रवार एमाले सहितका ९ राजनीतिक दलले संविधान संशोधनबिरुद्ध गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेले राजधानीमा विहीवार वृहत मोटरसाइकल र्‍याली निकालेको छ । उपत्यका तीनै जिल्लाबाट एमाले कार्यकर्ताहरु मोटरसाइकलसहित प्रदर्शनीमार्गमा भेला भएका थिए । दश हजार भन्दा बढीको सहभागिता रहेको मोटरसाइकल र्‍यालीका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको थियो । जनप्रदर्शनको प्रचार(प्रसारका लागि विहिवार...
एजेन्सी । महिलाहरूले प्रयोग गर्ने कण्डमको दिनप्रतिदन व्यापार बढ्न थालेको छ । व्यापार बढ्नुमा मानिसहरूको बढ्दो स्वास्थ्यसम्बन्धी चासोका कारण रहेको अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार सेक्समा आनन्द लिन चाहने युवाहरू महिलालाई उनीहरूका लागि बनाइएको कण्डममार्फत यौनसन्तुष्टि लिन चाहेको देखाएको छ । महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधनका...
पुस २१, भीमदत्तनगर । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् ।...
- रामेश्वर ढकाल पुस २१, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निमन्त्रणामा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका पदाधिकारी र संचारकर्मी अस्ताउदो सूर्य हेर्न राष्ट्रकवि निवास लौनचौरमा पुग्दा अतिथि देवो भवः भन्दै राष्ट्रकविले न्यानो स्वागत गरे । सवैको ध्यान चन्द्रागिरि डाँडा तर्फ केन्द्रित थियो । घाम डुब्नै लाग्दा कवि वसेको कुर्सि वाट उत्साहित हुदै उठे र अस्ताउदै सूर्यलाई देखाउै भने...
पुस २१, काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकबाट ज्ञवालीलाई बखास्त गर्न लागिएको हल्ला आएकोृ छ । एक मन्त्रीले भने ज्ञवालीलाई बर्खास्त गर्ने विषयमा बैठकमा छलफल भएको तर अन्तिमभ निर्णय हुन बाँकी रहेको बताए ।
पुस२१, भक्तपुर । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने र बिगतमा एमालेले समेत वर्तमान संशोधन बिधेयकलाई मान्यता दिएता दाबी गरेका छन् । उनले ५१ प्रतिशत...
पुस २१, मुस्ताङ– १२ वर्षे मेला ल्ह्फेव को अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा मुस्ताङमा तिन दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मुस्ताङको कोबाङ्गमा सञ्चालित ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविरमा १५० जनाले आँखा जाँचपछि उपचार पाएका छन् । त्यसक्रममा मोतियाबिन्दु,जलविन्दु लगायतको उपचार गरिएको थियो । बैंकले आगामि दिनमा पनि यसरी नै विभिन्न...
२१ पुस, काठमाडौं । बालाजुको माछापोखरीमा करेन्ट लागेर ब्रोड लिंकका एक कर्मचारीको मृत्यु भएको छ । काभ्रे ठूलोपर्सेल गाविस(३ का करिब ३० वर्षीय समीर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो । उनी इन्टरनेट सेवा प्रदायक कम्पनि ब्रोड लिंकका कर्मचारी हुन् । बुधबार साँझ करिब सात बजेतिर फाइबर तार बिस्तार गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । मोक्तानको शव शिक्षण...
काठमाडौं । सामाजिक सन्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोबाइल फोनमा ‘रातो नम्बरबाट फोनमा आउने र त्यस्तो फोन उठाएमा ज्यान जाने अफवाह फैलाएको आरोपमा पक्राउ पर्नेमा गायक दीपक बराइली र गायिका प्रशन्ना पाण्डे रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बुधबार साँझ पत्रकार सम्मेलन गरी दुबैजनालाई सार्वजनिक गरेको हो । मोरङ...