रातो नम्बरको हल्ला फैलाउने गायक–गायिका पक्राउ

200

काठमाडौं । सामाजिक सन्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोबाइल फोनमा ‘रातो नम्बरबाट फोनमा आउने र त्यस्तो फोन उठाएमा ज्यान जाने अफवाह फैलाएको आरोपमा पक्राउ पर्नेमा गायक दीपक बराइली र गायिका प्रशन्ना पाण्डे रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बुधबार साँझ पत्रकार सम्मेलन गरी दुबैजनालाई सार्वजनिक गरेको हो । मोरङ घर भएका बराइली र झापा घर भएकी पाण्डे पप गायक–गायिका भएको पनि प्रहरीले जनाएको छ । गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्टाटस लेखेको र सोही आधारमा अनुसन्धान अघि बढाउँदा रहस्य खुलेको प्रहरीले जनाएको छ । गायक बराइलीले फोन गर्दा रातो नम्बर जाने बनाएको पाइएको पनि प्रहरीले जनाएको छ । सीआइबीले यस्तो भ्रममा नपर्न सबैमा अनुरोधसमेत गरेको छ । अभियुक्त दुबैले गल्ती स्वीकारेको पनि प्रहरीले जनाएको छ । केही दिनयता रातो नम्बरबाट फोन आउने गरेको र त्यस्तो फोन उठाउँदा दुर्घटना हुने तथा मृत्युसमेत भएको अफवाह सामाजिक सन्जालमा फैलिएको थियो । -imagekhabar