सुर्य अस्त हेर्दै राष्ट्रकवि मुस्कुराउँदा …

372

– रामेश्वर ढकाल
पुस २१,
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निमन्त्रणामा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका पदाधिकारी र संचारकर्मी अस्ताउदो सूर्य हेर्न राष्ट्रकवि निवास लौनचौरमा पुग्दा अतिथि देवो भवः भन्दै राष्ट्रकविले न्यानो स्वागत गरे । सवैको ध्यान चन्द्रागिरि डाँडा तर्फ केन्द्रित थियो । घाम डुब्नै लाग्दा कवि वसेको कुर्सि वाट उत्साहित हुदै उठे र अस्ताउदै सूर्यलाई देखाउै भने “ल हेर्नुहोस त्यो सवै भन्दा अग्लो चुचुरो भन्दा उत्तर तर्फ सूर्य अस्त हुदैछ । पौष ६ गते देखि नै सूर्य उत्तरायण भए आज देखिएको भन्दा साना दुई थुम्का दक्षिण तर्फ पौष ६ गते सूर्य अस्त भयो । त्यस दिन देखि निरन्तर उत्तर तर्फ सूर्य अस्त भएको देखिन्छ । ” खास गरि पौष ६ गते सूर्य उत्तरायण भए पनि हाम्रो अहिलेको चलनचल्तीको पात्रो अनुसार माघ १ लाई उत्तरायण अर्थात सवै भन्दा छोटो दिन मानिन्छ । हामी लगभग २४ दिन पछि परेका छौ । त्यहि विषयलाई पुष्टी गराउन राष्टकविले आफुले सधै सुर्य अस्तको अवलोकन गर्ने स्थान आफ्नै निवासमा वोलाउनु भएको थियो । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव ई. हरिनारायण मल्ल विगत एक दशक देखि निरन्तर यसै विषयमा देशैभर छलफल चलाइरहेका छन् । हालको समय वास्तविक समय अनुसार नभएकाले तिथि र मितिलाई समेत मिलाउन २४ दिन र पुर्णिमा अनुसार १ महिना पछाडि छौँ । विग्रिएको समयलाई सुधार गर्न १ महिना मिलान गर्नु पर्ने पक्षमा समितिका सदस्य सचिव मल्लले अभियान अगाडि वढाएका छन् । राष्ट्रकवि घिमिरेले आखाँले देखेको सहि नभएर पात्रोमा लेखेको सहि भैरहेको भन्दै त्यसलाई सच्चाउन आवश्यक रहेकोमा जोड दिए । स्मरणिय के छ भने २०६४ मा नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रालयले पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति गठन गरेको थियो भने सो कार्यदलको प्रतिवेदनको आधारमा २०६५ साल पौष १६ गते मन्त्रिपरिषदको वैठकले निम्न वमोजिम निणर्य गरेको थियो ।
क) वि.सं. २०६६ को सौर चैत महिनालाई हटाइ सोको सट्टा वि.सं. २०६७ कोे वैशाख शुरु गर्ने ।
ख) वि.सं. २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण महिना सरह गरि चान्द्र पर्वहरु १ महिना वर तान्ने ।