संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन हुदैन ः ठाकुर

195

पुस२१,
भक्तपुर । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने र बिगतमा एमालेले समेत वर्तमान संशोधन बिधेयकलाई मान्यता दिएता दाबी गरेका छन् ।
उनले ५१ प्रतिशत जनसंख्या रहेको मधेशलाई २५ प्रतिशतमा सिमित पारेर ल्याईएको स्थानिय तहको पुनःसंरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने भन्दै जनसंख्याको आधारमा पुनः संरचना गरिनु पर्नेमा जोड दिएका छन् । अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने बिषय हल्ला मात्र भएको भन्दै ठाकुरले बैवाहिक महिलालाई अधिकार दिनु पर्नेमा मधेशी मोर्चाको माग रहेको बताए ।