भारतको सिमलामा माटोको ढिस्कोमा पुरिएर नेपालीको मृत्यु

218

पुस २१,
भीमदत्तनगर । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । छजनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।