करेन्ट लागेर ब्रोड लिंकको कर्मचारीको मृत्यु

227

२१ पुस,
काठमाडौं । बालाजुको माछापोखरीमा करेन्ट लागेर ब्रोड लिंकका एक कर्मचारीको मृत्यु भएको छ । काभ्रे ठूलोपर्सेल गाविस(३ का करिब ३० वर्षीय समीर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो । उनी इन्टरनेट सेवा प्रदायक कम्पनि ब्रोड लिंकका कर्मचारी हुन् । बुधबार साँझ करिब सात बजेतिर फाइबर तार बिस्तार गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । मोक्तानको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।