महिला कण्डममा आकर्षण बढ्दो

401

एजेन्सी । महिलाहरूले प्रयोग गर्ने कण्डमको दिनप्रतिदन व्यापार बढ्न थालेको छ । व्यापार बढ्नुमा मानिसहरूको बढ्दो स्वास्थ्यसम्बन्धी चासोका कारण रहेको अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार सेक्समा आनन्द लिन चाहने युवाहरू महिलालाई उनीहरूका लागि बनाइएको कण्डममार्फत यौनसन्तुष्टि लिन चाहेको देखाएको छ । महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधनका रुपमा हेर्न गरिएको छ । यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ । यौन सम्पर्कको समयमा महिलाले यो योनीभित्र लगाउनु पर्ने हुन्छ । यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन । सामान्य पुरुष कण्डमको तुलनामा यसको मूल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको पनि समाचारमा उल्लेख छ । – dainik nepal