राजधानीको सडक एमालेमय

213

पुस २१ । काठमाडौं । शुक्रवार एमाले सहितका ९ राजनीतिक दलले संविधान संशोधनबिरुद्ध गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा एमालेले राजधानीमा विहीवार वृहत मोटरसाइकल र्‍याली निकालेको छ । उपत्यका तीनै जिल्लाबाट एमाले कार्यकर्ताहरु मोटरसाइकलसहित प्रदर्शनीमार्गमा भेला भएका थिए । दश हजार भन्दा बढीको सहभागिता रहेको मोटरसाइकल र्‍यालीका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको थियो । जनप्रदर्शनको प्रचार(प्रसारका लागि विहिवार अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल र्‍याली आयोजना गरिएको हो । मोटरसाइकल र्‍यालीको शुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए भने प्रमुख नेताहरु पनि सहभागी थिए । र्यालीमा नेकपा एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, किसान महासंघ, खेलकुद महासंघसहित बिपक्षी ९ दलका भातृ संगठन सहभागिता थियो । पुस २२ गते रत्नपार्कबाट मुल जुलुस सुरु भई सहर परिक्रमा गरि ३ बजे भृकुटीमण्डपमा आयोजना हुने बिरोधसभालाई एमालेसहित ९ विपक्षी दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ ।