आजको बन्दको उपत्यकामा सामान्य प्रभाव,५६ जना बन्दकर्ता पक्राउ

297

फागुन २७,
काठमाडौं । मधेसी मोर्चाले गरेको नेपालबन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । भाडाका सवारी खासै नचलेपनि निजि सवारी भने चलेका छन् । तर पूर्व र मध्यपश्चिममा भने बिहीबार गाडी चलेका छैनन् ।
सप्तरी घटनामा चार जनाको ज्यान गएपछि संघीय गठबन्धनले बन्द आह्नाव गरेकाले मध्यपश्चिम र पूर्वी क्षेत्रमा गाडी नचलेको प्रहरी जानकारी दिएको छ । भाडाका गाडी नचल्दा सर्वसाधरण मर्कामा परेका छन् ।
यस्तै तराईका जिल्लामा बजार तथा शैक्षिक संस्था खुलेका छैनन् । यस्तै काठमाडौं उपत्यकामा पनि धेरैजसो निजी विद्यालय खुलेका छैनन् । ६ लाख भन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको छ । प्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मोर्चा आबद्ध संघीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेका छन् । यसैक्रममा, शुक्रबार बिहान बन्द गराउन हिँडेका ५६ जना बन्दकर्ताहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङवाङ पनि रहेका छन् । उनीसहित ११ जना बन्दकर्ता ललितपुरको पुलचोकबाट पक्राउ परेको छ ।
अहिले सम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।