मासुको मुल्यमा एक रुपता भएन

482

फागुन २६,
वालिङ । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ ।
इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।
“वालिङ नगरभित्रका मासु पसलमा मूल्य एकरुपता छैन”, वालिङ मासु व्यवसायी सङ्घका अध्यक्ष खेमराज गौडेलले भने “मासु व्यवसायी सङ्घले तोकेको मूल्यमा बिक्री–वितरण नगर्ने मासु पसललाई कारबाही गर्नेछौँ ।”
मासु व्यवसायी सङ्घका अध्यक्ष गौडेलका अनुसार अहिले खसीको मासु प्रतिकिलो सात सय, कुखुराको तीनसय ८०, राँगा तीनसय ९०, भैँसी तीनसय ८०, बाख्री चारसय ५० र बङ्गुरको तीनसय ६० रुपैयाँ तोकिएकोे छ ।