मोटरसाइकलको ठक्करबाट कोइरालाको मृत्यु

187

फागुन २७,
चितवन । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर उपमहानगरपालिका–१२ स्थित आस्थाचोकमा ग ९ प ५६८२ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसरी मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–९ बस्ने ८८ वर्षीय ठाकुरप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार अपराह्न भरतपुरको बसपार्कबाट गोन्द्राङतर्फ जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।