जाजरकोट बस दुर्घटना २६ जनाको मृत्यु, यातायात व्यवसायीको दादागिरी घटना भएको पूर्व गृहमन्त्री भनाई

450

फागुन २७,
जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस हिजो पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ । जाजरकोटका सांसद् एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले यातायात व्यवसायीको दादागिरीले दुःखद् घटना भएको प्रतिक्रिया दिएका छन् । थोत्रो काम नगाग्ने बस मर्मत गरि गरि चलाउने यातायातको बानीले गर्दा यस्तो घटना हुने गरेको छ । भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । यात्रुले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन , घाइते यात्रुले भनेका छनु ।