म बाट महिलावाद कविता वाचन तथा वक्तृत्वकला कार्यक्रम

794

काठमाडौ । १०७औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सेन्टर फर रिप्रडक्टिभ राइट्स, महिला, कानुन र विकास मञ्च ९ँध्ीम्० तथा वर्ड वारियर्सको संयुक्त आयोजनामा भएको “म बाट महिलावाद” सम्बन्धी कविता वाचन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना भएको थियो । माननीय रञ्जु कुमारी झा को प्रमुख आतिथ्यतामा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी वक्तृत्वकला प्रतियोगितामा विभिन्न ५ वटा कानुन कलेजबाट १४ जना प्रतियोगीहरु सहभागी भएको थियो । सो प्रतियोगिताको प्यानल जजको रुपमा माननीय रञ्जु कुमारी झा, श्री गौरी प्रधान र अधिवक्ता उषा मल्ल पाठक रहनु भएको थियो । १४ जना सहभागीहरु मध्येबाट श्री रोशनी खड्का प्रथम, श्री निश्मा शाह द्वितीय र लक्ष्मी कार्की तृतीय हुनु भएको थियो । वोर्ड वारियर्सले म बाट महिलावाद मा रहेर विभिन्न कविता वाचन गरेको थियो । सो अवसरमा महिला, कानुन र विकस मञ्चले तयार पारेको म्युजिक भिडियो “नागरिकताविहिन” प्रदर्शन गरेको थियो भने कानुन अधिकारसम्बन्धी “मेरो अधिकार” नामक मोबाइल एप विमोचन गरिएको थियो । पमुख अतिथिले मन्तव्य दिने क्रममा नेपालको संविधानमा उल्लेख भएको प्रजनन् स्वासथ्य अधिकारसम्बन्धी मौलिक हकलाई स्थापित गर्नको लागि प्रजनन् स्वास्थ्य अधिकार सम्बन्ध्ी कानुन छिट्टै आउने र त्यसको लागि हरसम्भव प्रयास गरिरहेको जानकारी दिए ।