साउनदेखि सबै स्थानीय निकाय मार्स प्रणाली लागू हुदैं

353

फागुन २७,
काठमाडौं। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशका सात सय ४४ स्थानीय तहमा आगामी साउन महिनादेखि विद्युतीय प्रणाली मार्स लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अधिकारी र काठमाडौँ महानगरपालिकाका अधिकारीबीच मार्स प्रणाली लागू गर्नका लागि आवश्यक प्रविधि, जनशक्तिलगायत विषयमा आज मन्त्रालयमा भएको छलफलले सो प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले महानगरमा विकास गरिएको प्रविधि र पद्धतिलाई अन्य सबै स्थानीय तहमा उपयोगी हुने गरी विकास गर्न र आगामी साउनदेखि कार्यान्वयन गर्न सकिने भएकाले प्रक्रिया सुरु गर्न निर्देशन दिए । नागरिकलाई सेवासँग जोड्न आन्तरिक सूचना र कार्यक्रमको एकीकृत अभिलेखीकरण, स्थानीय तहको वस्तुस्थितिको केन्द्रीकृत तथ्याङ्कलगायत सेवा समाहित भएको कम्प्युटर प्रविधिमा आधारित आधुनिक प्रणाली नै मार्स प्रणाली हो । मार्स प्रणालीले गर्दा आगामी दिनमा स्थानीय तहको राजस्व नियमित र पारदर्शी रुपमा उठ्ने अर्थात् बक्यौता नरहने विश्वास लिइएको छ ।