चैत ७,
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बोलाएको प्रमुख दलहरुको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति राख्न प्रस्ताव गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको...
काठमाडौं । साउदी सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफि दिने घोषणा गरेको छ । आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने छन् ।
अरव न्युजका अनुसार साउदीका राजकुमार मोहम्मद विन नइफले “अ नेशन विथआउट भ्वाइलेशन” अभियानको उद्घाटन गर्दै आममाफीको घोषणा गर्नु भएको हो । यो अभियान अन्तरगत श्रम अवधिभन्दा बढि बसेका, धार्मिक...
चैत्र ७ काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघमा विगत लामो समय देखि २ प्यानल प्रतिस्पर्धामा रहेने गरेका छन् । यस पटक पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार द्वय शेखर गोल्छा र किशोर कुमार प्रधानले त्यसलाई निरन्तरता दिँदैछन् । गोल्छाले हिजो वुटवलबाट प्यानलको औपचारिक घोषणा गरे भने प्रधानले भोलि गर्ने बुझिएको छ ।
यसै वीच वस्तुगत तर्फको उपाध्यक्षमा भने ३ जनाले प्रतिस्पर्धा गर्ने भएका...
चैत्र ७,
काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा प्यानल सहित शेखर गोल्छाले हिजो बुटवलबाट औपचारिक घोषणा गरेका छन् । गोल्छाले जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान सहितको उम्मेदवारी घोषणा बुटवल पुगेर गरेका हुन्। यस अघि वस्तुगत उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका दिनेश श्रेष्ठ...
चैत ७,
नुवाकोट । नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएका छन् । सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन् । श्रीमानको निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले बताइन्...
चैत ७,
कैलाली । गत फागुन २६ गते कञ्चनपुरको त्रिवेणी बजारमा भारतीय प्रहरीको कुटाइबाट घाइते भएका टिकाराम चापागाईको उपचारमा समस्या भएको छ । सरकारी बेवास्ताका कारण उपचारमा समस्या भएको चापागाईंको परिवारले बताएको छ ।
सीमा बिबाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको लाठीबाट गम्भीर घाइते भएका चापापाईंलाई तत्काल उपचारका लागि धनगढी लगिएको थियो । धनगढीमा उपचार हुन नसक्ने बताइएपछि नेपालगञ्जको निजी...
चैत ७,
पर्वत । पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा चलेको सरसफाइ अभियान जिल्लाकै नमुना अभियानका रुपमा स्थापित हँुदै गएको छ । गाउँको सरसफाइका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाइमा अग्रसर हुन थालेपछि नमुना सरसफाइ गाउँको परिचय पाउने भएको हो । विगत केही बर्ष अघिसम्म स्वच्छ र सुरक्षित खानेपानीबाट बञ्चित बनेका बर्राचौरबासीहरु अहिले सुरक्षित खानेपानीको उचित व्यवस्थासँगै सरससफाइमा समेत सक्रिय रुपमा...
चैत ७,
काठमाडौ । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारणल सभाले रमेश महर्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत ५, र ६ गत्ते पोखरामा सम्पन्न भएको साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्य विवरण, विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ ।
संशोधित प्रावधान अनुसार महासंघको संरचनालाई प्रादेशिकस्तरमा समेत विस्तार गरिने जनाइएको छ ।...
अन्नपूर्ण पोष्ट । चैत ७
काठमाडौं । जनताको घरदैलोको सरकार मानिने देशभरका स्थानीय तहमा एकैपटक ३६ हजार ६ सय ३९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् ।
कार्यकारी अधिकार मात्र नभई व्यवस्थापिका र न्यायपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकारमा १३ हजार ३ सय ६० महिला निर्वाचित हुनेछन् । वडा सदस्यमा एक दलित महिलाको कोटा अनिवार्य गरिएकाले ६ हजार ६...
कान्तिपुर दैनीक । चत ७
धरान । केही साता धरानमा बसेर सोमबारको उडानमा हङकङ फर्किन हवाइ टिकट काटिसकेका थिए, धरान–१२ बस्ने विष्णुकुमार लिम्बूले । धरान र इटहरीको बीचमा पर्ने सेउती पुल नजिकै कार दुर्घटनामा परी मृत्यु भएपछि उनको सपना अधुरै रह्यो । बा १५ च २०६१ नम्बरको कार सेउती मोडमा ब्रेक फेल भएर दुर्घट्ना लिम्बूको मृत्यु भएको हो ।
सात महिने...










