Sunday, September 27, 2026
Home बजार सुनचाँदी महासंघमा महर्जनको नेतृत्व

सुनचाँदी महासंघमा महर्जनको नेतृत्व

270

चैत ७,
काठमाडौ । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारणल सभाले रमेश महर्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत ५, र ६ गत्ते पोखरामा सम्पन्न भएको साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्य विवरण, विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ ।
संशोधित प्रावधान अनुसार महासंघको संरचनालाई प्रादेशिकस्तरमा समेत विस्तार गरिने जनाइएको छ । सभाले नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नव–निर्वाचित कार्य समितिमा अध्यक्ष महर्जनसहित विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ, प्रथम उपाध्यक्ष रुद्र बहादुर बराइली, द्घितीय उपाध्यक्ष महेश मान श्रेष्ठ, तृतिय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव कृष्ण लाल महर्जन, सचिव राजमान सुनार, सचिव किसान सुनार, कोषाध्यक्ष द्घारिका विश्वकर्मा , सहकोषाध्यक्ष जयराम पाण्डेलाई चयन गरेका छन् ।
त्यस्तै सदस्यहरुमा विशन शाक्य, मीन बहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला,सुमन मान ताम्राकार, अशोक कुमार साह , घनश्याम रिजाल , मणि किशोर पाण्डे रहनु भएको छ भने संशोधित विधान अनुरुप थप सदस्यहरु देवीलाल वि।क।, ऋषि कुमार ठाकुर , सोप बहादुर वि।क।, नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्रचार्य, विद्या सागर ताम्राकार रहका छन् ।