पत्रपत्रीकाः कार दुर्घटनाले हङकङ जाने सपना टुट्यो

265

कान्तिपुर दैनीक । चत ७
धरान । केही साता धरानमा बसेर सोमबारको उडानमा हङकङ फर्किन हवाइ टिकट काटिसकेका थिए, धरान–१२ बस्ने विष्णुकुमार लिम्बूले । धरान र इटहरीको बीचमा पर्ने सेउती पुल नजिकै कार दुर्घटनामा परी मृत्यु भएपछि उनको सपना अधुरै रह्यो । बा १५ च २०६१ नम्बरको कार सेउती मोडमा ब्रेक फेल भएर दुर्घट्ना लिम्बूको मृत्यु भएको हो ।
सात महिने छोरा, श्रीमती दिलकुमारी लिम्बूसहित उनका साथी धरान–१५ बूढासुब्बा चोकस्थित ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रा लिका सञ्चालक राजेन्द्र ल्वागुनसँग शनिबार झापाको माइधारमा पूजा गरेर धरान घर फर्किरहेको बेला कार दुर्घटनामा उनको मृत्यु भएको थियो । कारमा ल्वागुन र लिम्बूको परिवार चढेका थिए । ल्वागुन पनि व्यापारिक कारोबारका लागि लिम्बूसँगै हङकङ जाने तयारीमा थिए ।
कारमा सवारमध्ये ५ जना गम्भीर घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी पोस्टका इन्चार्ज तिलक गिरीले बताए । गिरीका अनुसार ल्लागुनका श्रीमती सुशीला ल्वागुन र १० वर्षका छोरा निरज ल्वागुन, मृत विष्णुका श्रीमती दिलकुमारी लिम्बू र उनका र ७ महिने छोरा याङवुहाङ लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएको छ ।
धरानतर्फ आउँदै गरेको कार बाँया पुलतिर मोड्न खोज्दा ब्रेक फेल भएको थाहा पाएपछि दाँयातर्फ मोडेर चारकोशे जंगलतिर ५० मिटरभित्र पुगेर रुखमा बजारिएको थियो । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।