साउदीमा अवैधानिक आप्रवासीलाई आममाफिको घोषणा

245

काठमाडौं । साउदी सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफि दिने घोषणा गरेको छ । आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने छन् ।
अरव न्युजका अनुसार साउदीका राजकुमार मोहम्मद विन नइफले “अ नेशन विथआउट भ्वाइलेशन” अभियानको उद्घाटन गर्दै आममाफीको घोषणा गर्नु भएको हो । यो अभियान अन्तरगत श्रम अवधिभन्दा बढि बसेका, धार्मिक भ्रमणमा गएर बसेका अथवा अरु भिसामा गएर अवैध रुपमा बसेका आप्रवासी सहजै स्वदेश फर्किन सक्ने छन् ।
अवैधानिक रुपमा साउदी गएर अनुमती पत्र बिनै काम गरिरहेकाहरुलाई पनि फर्काइने र प्रक्रियाको बारेमा छलफल भैरहेको जनाइएको छ । उनीहरुले यो सुविधा लिनको लागि पासपोर्ट डिपार्टमा गएर प्रक्रिया पुरा गर्नु पर्नेछ ।
आफ्ना नागरिकलाई अवैधानिक आप्रवासीलाई काम नदिन र उनीहरुलाई स्वदेश फर्काउन सहयोग गर्न समेत आग्रह गरेको छ । यो अवधिमा घर नफर्किने आप्रवासीमाथि भने पहिलाको आरोप गथावत रहने र कानूनि कारबाही गर्ने जनाएको छ ।